कीवर्डहरू -

तीन जनाले सुरू गरेको एफवान सफ्ट २० वर्षमा प्रवेशः १ हजार बढीलाई रोजगारी, दर्जन सहायक कम्पनी 

तीन जनाले सुरू गरेको एफवान सफ्ट २० वर्षमा प्रवेशः १ हजार बढीलाई रोजगारी, दर्जन सहायक कम्पनी 

नेपालको अग्रणी फिनटेक संस्था एफवान सफ्ट इन्टरनेसनल १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको छ । सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।

एफ्वान सफ्टले वार्षिक अर्बोंको कारोबार गर्दै आएको छ । १९ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।

कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।

यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

\"\"

१९ औं वार्षिकोत्सवको अवसरमा एपवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले कम्पनीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने टिम, ग्राहक र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन् ।

एफवान सफ्टले नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थालाई फिनेटक सेवा सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

एफवान सफ्ट ग्रुप अन्तर्गत हाल करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, एक्सटेन्सो डेटा, लजिका बिन्स, स्वस्तिक कलेज, बससेवा, इसेवा ट्राभल जस्ता कम्पनी सञ्चालित छन् ।

कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दै आएको छ ।