कीवर्डहरू -

होली इभेन्टको टिकट खरिद आइएमई पेबाट गर्न सकिने

होली इभेन्टको टिकट खरिद आइएमई पेबाट गर्न सकिने

आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।

ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो ।

आइएमई पेमा  ग्राहकवर्गहरुले ३ फरक-फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नुहुन्छ । कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल र होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटलको टिकट आईएमई पेबाट काट्न सकिने छ ।

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।