कीवर्डहरू -

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङबाट क्युआर स्क्यान गर्दा १५ प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङबाट क्युआर स्क्यान गर्दा १५ प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेसन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यस योजना २२ र २३ फागुनमा ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदमा १५ प्रतिशत (१५० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।