कीवर्डहरू -

इसेवाबाट क्युआर स्क्यान गरेर पैसा तिर्दा आईफोन १४ जित्ने अवसर

इसेवाबाट क्युआर स्क्यान गरेर पैसा तिर्दा आईफोन १४ जित्ने अवसर

इसेवाले ‘स्कयान टु विन अफर’ ल्याएको छ । यस अफर अन्तरगत इसेवाको मोबाइल एपबाट फोनपेको क्यूआर स्क्यान गरेर पैसा तिर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हप्ता एक जनाले रेडमी वाच २ लाइट प्राप्त गर्न सक्नेछन् भने १० हजारले एक हजारसम्मको पूर्ण क्यासब्याक सेवा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यस उपहार योजनामा सहभागी हुन इसेवा मोबाइल एपबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

साप्ताहिक पूर्ण कारोबार क्यासब्याक फिर्ता हुने १० जनाले हरेक बिहीबार  ४८ घण्टा भित्र सोही रकम प्राप्त गर्न सक्नेछन् ।

रेडमी वाच २ लाईट स्मार्ट वाचका विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ । यसैगरी ग्राण्ड प्राइज विजेता अभियान सकिएको एक हप्ताभित्र घोषणा गरिने जनाइएको छ ।