कीवर्डहरू -

एमथ्री प्रोसेसर प्रयोग गरिएको आइम्याक चाँडै सार्वजनिक हुँदै

एमथ्री प्रोसेसर प्रयोग गरिएको आइम्याक चाँडै सार्वजनिक हुँदै

एप्पलले सन् २०२३ को दोस्रो भागमा एमथ्रीबाट पावर गरिएको आइम्याक सार्वजनिक गर्ने भएको छ । २४ इन्चको आइम्याक यही वर्षको अन्त्यमा धेरै मात्रामा उत्पादन हुन थाल्ने छ । नयाँ एमथ्री चिपले गुणस्तरीय परफरमेन्स दिने एप्पलको दावी छ ।

एप्पलले आइम्याकको भित्री भागहरुलाई पनि रिडिजाइन गरेको छ । एप्पलले अर्काे कम्पनीसँग सहकार्य गरेर आइम्याकको स्ट्याण्ड बनाउने भएको छ ।

आइम्याकसँगै एप्पलले १५ र १३ इन्चको म्याकबुक एयर पनि सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले सिलिकन म्याक प्रो पनि सार्वजनिक गर्नेछ । म्याकबुक एयरमा एमथ्री प्रोसेसर हुन्छ की हुँदैन् भन्ने बारे अहिलेसम्म पनि खुलाइएको छैन् ।