कीवर्डहरू -

अब म्याकमा निःशुल्क आउटलुक चलाउन सकिने

अब म्याकमा निःशुल्क आउटलुक चलाउन सकिने

माइक्रोसफ्टले म्याकका लागि आउटलुक निःशुल्क प्रयोग गर्न दिने भएको छ । यसभन्दा पहिले प्रयोगकर्तासँग माइक्रोसफ्ट ३६५ सब्सिक्रिप्सन वा अफिस खरिद गरेको हुनुपर्ने व्यवस्था थियो । तर अब आउटलुक म्याक एप स्टोरबाटै उपलब्ध भएको छ ।

यसले गर्दा आइओएसका अरु डिभाइसहरु पनि प्रयोग गर्न सहज हुनेछ । आटलुकको प्राफइल फिचरमा फोकस मोड पनि आउने भएको छ, जसले गर्दा काम गर्दैगर्दा नोटिफिकेसनहरुले प्रयोगकर्तालाई डिस्टर्ब गर्दैन् ।

आउटलुकमा प्रयोगकर्ताले जिमेल, आइक्लाउड र याहुबाट पनि इमेल अकाउन्ट बनाएर प्रयोग गर्न सक्छन् । म्याककै लागि भनेर माइक्रोसफ्टले आउटलुकलाई विभिन्न फिचरहरुमा परिमार्जित समेत गर्ने जनाएको छ ।