कीवर्डहरू -

ग्रन्थ ईभीले माग्यो डिलरसीपका लागि आवेदन

ग्रन्थ ईभीले माग्यो डिलरसीपका लागि आवेदन

ग्रन्थ इलेक्ट्रिक भेहिकल (ईभी) ले डिलरसीपको लागि आवेदन खुला गरेको छ । ग्रन्थ ब्राण्डको विद्युतीय स्कुटरको डिलरसीप लिन चाहनेका लागि ग्रन्थ ईभीले आवेदन खुला गरेको हो ।

डिलरसीप लिन कम्पनी दर्ता र प्यान दर्ताको कागजात आवश्यक पर्नेछ । ग्रन्थ ईभीका सीईओ सुजन ढुंगेलले ग्रन्थ इलेक्ट्रिक स्कुटरमा भएको विशेषता बारे ज्ञान हुने फर्मलाई विशेष प्राथमिकता दिइने बताए ।

डिलरसीप लिन स्कुटरमा प्रयोग भएका ब्याट्री, मोटर, कन्ट्रोलर, ब्रेक रिजेनेरेसन विशेषेता, टायर साइज र यसमा प्रयोग भएका अत्याधुनिक प्रविधिसँगै त्यस बारेमा ज्ञान अनिवार्य आवश्यक भएको हुनु पर्ने कम्पनीको भनाइ छ ।

विद्युतीय स्कुटरमा प्रयोग भएको प्रविधि, यसको गुणस्तरीयता र अन्य सुविधाबारे ग्राहकलाई अझै बुझाउन सकियोस् भन्ने उद्देश्यका साथ डिलरसीप लिन यस्तो मापदण्ड राखेको सीईओ ढुंगेल बताउँछन् ।

हाम्रो पहिलो प्राथमिकता ग्राहकको लागि सही सुचना दिनु हो । किन्ने, नकिन्ने ग्राहकको निर्णय हो,’ उनी भन्छन्, ‘त्यसैले डिलरसीप लिन यसमा प्रयोग भएको प्रविधिको बारेमा डिलरहरुले ज्ञान राख्नै पर्ने न्युनतम आवश्यकता भित्र राखेका हौं ।’

कम्पनीले यो वर्ष बढीमा १० वटा डिलरसीप दिने जनाएको छ । डिलरसीप लिन चाहने कम्पनीले [email protected] आवश्यक कागजात पठाउन सक्ने छन् ।