कीवर्डहरू -

मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्दै नथिङ

मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्दै नथिङ

नथिङले मार्च २२ मा इयर टू इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले मार्च २२ मा १० बजे बिहान इस्टर्न समय कार्यक्रम राखेको छ, जसलाई नथिङको वेबसाइटबाट हेर्न सकिने छ ।

कम्पनीले यस इयरबडले गुणस्तरीय किसिमको आवाज र प्रष्टता दिने बताएको छ । कम्पनीले यस पटक पनि ईयरबडको केसलाई पारदर्शी नै बनाएको छ । कम्पनीले इयर वान २०२१ मा सार्वजनिक गरेको थियो र अब दुई वर्ष पछि इयर टू सार्वजनिक हुने भएको हो ।

नथिङले  आफ्नो प्रडक्टको सबै विशेषता आफ्नो कार्यक्रममा मात्रै भन्ने गरेको छ, जसकारणले यस इयरबडको बारेमा पथि थप जानकारी मार्च २२ मै उपलब्ध हुनेछ ।