कीवर्डहरू -

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका महिलासँग एनसेलको अन्तर्क्रिया

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका महिलासँग एनसेलको अन्तर्क्रिया

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका महिलासँग अन्तर्क्रिया गरेको छ ।

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवस ‘DigitAll: Innovation and technology for gender equality’  भन्ने थिमका साथ मार्च ८ मा विश्वभरी मनाईदै छ ।

एनसेलले आयोजना गरेको अन्तर्क्रियामा सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गर्दै आफ्नो गहिरो प्रभाव बनाउन सफल प्रभावशाली महिला र एनसेल वुमन आईकन आइसिटी अवार्डका विजेतासँग अनुभव, संघर्षका कथा र व्यक्तिगत रुपान्तरणका यात्राबारे अनुभव आदान प्रदान भएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा प्राध्यापक तिमिला यामी थापा, गुणकेशरी प्रधान मानन्धर, डा. प्रनिता उपाध्याय, शिला कंसाकार कार्की, गंगा सुब्बा, दिव्यश्वरी दली र रत्नतारा वैद्य वक्ताका रूपमा उपस्थित थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुगारिका केसीले गरेकी थिइन् ।