आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । देशभर नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढ्दो छ ।
केही नारीहरुले प्रविधि क्षेत्रलाई अगाडि बढाउन उल्लेखनीय योगदान पनि दिएका छन् । प्रविधि शिक्षामा समेत नारीहरुको सहभागीता बढ्दै गइरहेको छ ।
तर प्रविधि क्षेत्रमा महिलाहरूको सहभागीता हालमा मात्रै सुरु भएको हो भन्ने होइन् । यो धेरै लामो समय देखिनै चल्दै आएको छ ।
आज हामी अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वको प्रविधि क्षेत्रलाई परिवर्तन गरेका केही महिलाहरुको बारेमा जानकारी दिदैछौं ।
एडा लभलेसः विश्वकै पहिलो कम्प्युटर प्रोग्रामर
एडा एक प्रसिद्ध कवि लर्ड बाइरनकी छोरी हुन् । उनी सानै उमेरदेखि गणितमा प्रतिभावान् व्यक्ति रहेकी थिइन् । सानै उमेर देखि मेसिनहरु प्रतिको झुकावका कारण उनले चार्ल्स ब्याबेजलाई चिन्न पुगिन् ।
चाल्स ब्याबेज एनालाइटिकल इन्जिनको निर्माता थिए जुन पूर्ण रुपले निर्माण गरिएन तर त्यो अहिलेको मोर्डन कम्प्यूटरसँग मेल खाने गर्दछ ।
त्यो प्रोजेक्टमा उनले पुर्याएको योगदानले उनलाई विश्वकै पहिलो कम्प्यूटर प्रोग्रामर उपनामले चिनिने गरिन्छ । लभलेसकै नोटलाई आधार मानेर १९४० को दशकमा एलान ट्युरिङले पहिलो मोर्डन कम्प्युटर निर्माण गरेका थिए ।
ग्रेस हप्परः प्रतिष्ठित कम्प्युटर वैज्ञानिक
ग्रेस हप्पर पहिलो प्रतिष्ठित कम्प्युटर वैज्ञानिक हुन् । उनी हावर्ड मार्क आईमा काम गर्ने पहिलो कम्प्युटर प्रोग्रामर हुन् । उनको कामले पहिलेको प्रोग्रामिङ लैंग्वेज सिओबिओएलको विकास भएको हो । सन् १९४७ मा उनले विश्वकै पहिलो वास्तविक कम्प्युटर बग पत्ता लगाएकी थिइन् ।
हेडी लमारः वाईफाईको निर्माता
हेडी लमार आफै सिकेकी आविष्कारक र चलचित्र अभिनेत्री हुन् । उनलाई उनको ‘सिक्रेट कम्युनिकेसन सिस्टम’ का लागि सन् १९४२ मा प्याटेन्ट पुरस्कृत गरिएको थियो ।
जर्ज आन्थहेलसँगको सहकार्यमा हेडी लमारले निर्माण गरेको फ्रिक्वेन्सी हपिगं प्रणाली युद्धलाई लक्षित गरि निर्माण गरिएको थियो तर यही कन्सेप्टलाई लिएर पछि वाईफाई, जिपिएस र ब्लुटुथ प्रविधिको विकास गरिएको हो ।
एनी इज्लीः नासाको रकेट वैज्ञानिक
एनी इज्ली नासाको रकेट वैज्ञानिक हुन् । उनले स्टेममा भएको लैगिंक र जातिय विभेद प्रति पनि क्रान्ति गरेकी थिइन् । नासाले उनलाई काममा राख्दा चार जना ब्लयाक कर्मचारी मध्यकी उनरी एक थिइन् जसले गर्दा काममा उनले जातीय विभेद पनि भोग्नुपरेको थियो ।
उनले पछि नासामा कम्प्युटर वैज्ञानिनको रूपमा थुप्रै योगदान पुर्याएकी थिइन् । उनले सबैभन्दा महत्वपूर्ण भूमिका सेन्टाअर रकेट प्रोजेक्टमा निर्वाह गरेकी थिइन् । त्यस्तै स्पेस सटलको लञ्चमा पनि उजनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
म्यारी विल्केसः पहिलो होम कम्प्युटर प्रयोगकर्ता
म्यारी विल्केस भूतपूर्व कम्प्युटर प्रोग्रामर र लजिक डिजाइनर पनि हुन् । उनी एलआईएनसीको सफ्टवेयर सिडजाइन गरेको नाताले प्रख्यात रहेकी छन् । यो अन्तर्क्रियात्मक पर्सनल कम्प्युटरको प्रारम्भिक प्रणाली हो ।
सन् १९६५ मा उनले आफ्नो घरमा एलआईएनसीका प्रयोग गरेका कारणले उनलाई पहिलो होम कम्प्युटर प्रयोगकर्ताको रुपमा पनि चिनिने गरिन्छ । उनको कामलाई न्याशनल म्युजियम अफ कम्प्युटिङले पनि पहिचान गरेको छ ।
एडेल गोल्डबर्गः जियूआईको प्रेरणा
एडेल गोल्डबर्गले स्मलटक ८० नामक प्रोग्रामिङ लैंग्वेजको विकासमा उल्लेखनीय योगदान दिएकी छन्, जसले पहिलो एप्पल कम्प्युटरको जन्मलाई प्रात्साहित गरेको थियो ।
उनको कन्सेप्टलाई प्रयोग गरेरै अहिलेको जियूआईको निर्माण गरिएको हो, जसलाई हामी दैनिक रुपमा प्रयोग गर्दै आएका छौँ ।
राडिया पर्लम्यानः मदर अफ इन्टरनेट
राडिया पर्लम्यानलाई मदर अफ इन्टरनेटको उपनामले चिन्ने गरिन्छ । उनको स्पानिङ ट्री प्रोटोकलमा प्रयोग गरिएको एल्गोरिदमकै कारण अहिलेको इन्टरनेटको जन्म सम्भव भएको हो ।
उनको कामले नेटवर्कले कसरी सेल्फ अर्गनाइज गर्छन् र डेटा मुभ गर्छन् भन्ने विषयमा एक्दमै ठूलो प्रभाव पारेको थियोे । उनले इन्टरनेट ट्रयाफिकको आधारभूत नियमावली बनाउनलाई पनि योगदान दिएकी छन् ।
उनी अहिले पनि डेल ईएमसीको कम्प्युटर प्रोग्रामर र इन्जिनियरको रुपमा काम गरिरहेकी छिन् । उनले विभिन्न ठाउँमा कीनोट स्पीचहरु प्नि दिइरहन्छिन् ।
क्यादरिन जोनशन: नासा गणितिज्ञ
क्यादरिन जोनशन एक नासा गणितिज्ञ हुन् र उनले अमेरिकी स्पेश फ्लाईटमा महत्वपूर्ण भूमिका निर्वाह गरकी थिइन् । उनको कम्प्लेक्स म्यानुअल क्यालकुलेसनहरु भविष्यको स्पेश मिशनहरुका लागि पनि उपयोगी रहेको थियो ।
जोन ग्लेन, अर्बिटमा पूगने पहिलो अमेरिकी पनि उनकै क्यालकुलेसनले सम्भव भएको हो । उनले ग्लेनको अनुरोधमा फलाईटको दौरान आफ्नै हातले कम्प्युटरमा नम्बर प्रोग्राम गरेकी थिइन् ।
ग्लेनले क्यादरिनले सबै ठिक छ भनिन भने सबै ठिकनै हुन्छ पनि भनेर भन्ने गर्दथे । ९७ वर्षको उमेरमा उनलाई पूर्व राष्ट्रपटि बाराक ओबामाले प्रेसिडेन्सियल मेडल अफ फ्रिडम द्वारा सम्मान गरेका थिए ।
केरेन स्पार्क जोन्स: सूचना विज्ञानमा अग्रगामी
केरेन स्पार्क जोन्स सूचना विज्ञानमा अग्रगामी व्यक्तित्व हुन् । उनको काम सूचना विज्ञानमा एक्दमै धेरै उद्धृत गरिएको हुने गर्दछ ।
उनले कुनै शब्द डक्युमेन्टका लागि कति महत्वपूर्ण छ भनेर थाहा पाउनका निम्ति इन्भर्स डक्युमेन्ट फ्रिक्वेन्सीको विकास गरेकी थिइन् ।
उनको यो प्रविधि सर्च क्वेरीमा डकुमेन्टको महत्व बुझ्न र वेब सर्च इन्जिनमा र्याकिङ दिनका लागि स्टयाण्डर्ड प्रविधि मान्ने गरिन्छ । उनलाई सन् २००७ मा लभलेस मेडलबाट पनि सम्मान गरिएको थियो ।
एलिजाबेथ फेनलरः वास्तविक सर्च इन्जिन
सन् १९७२ देखि सन् १९८९ सम्म एलिजाबेथ फेनलरले क्यालिफोर्नियामा नेटवर्क इन्फोरमेसन सेन्टर नामक सर्च इन्जिन खोलेकी थिइन् जसलाई पूर्व ऐतिहासिक गूगलसरहनै मान्न सकिन्छ ।
नेटवर्क इन्फोरमेसन सेन्टर पहिलो ठाउँ थियो, जहाँ इन्टरनेटका लागि प्रोत र निर्देशिकाहरु प्रकाशन गरिने गरिन्थ्यो ।
यसैले वास्तविक ह्वाईट र येल्लो पेजको विकासको निर्देशिका ल्याएको हो । उनकै टोलीले डोमेन नेमिङ्ग स्कीमको विकास गरेको थियो जसमा डटकम, डट जिओभी र डटनेट रहेका छन् ।
( ग्लोबल एप टेस्टिङ बाट)