कीवर्डहरू -

कसरी बन्छ स्मार्ट स्कुल ?

कसरी बन्छ स्मार्ट स्कुल ?

स्मार्ट स्कुल भन्नेबित्तिकै अध्ययन अध्यापन पद्धतिमा सहज र भरपर्दो शैली र व्यवस्था आएको बुझिन्छ । प्रत्येक विधार्थीको दैनिक क्रियाकलाप जस्तै हाजिर, रिजल्ट, अनुशासन, फि आदि अभिभावकले वेभ, मोवाइलएप मार्फत जानकारी पाउन सक्छन् । कुनै नोटिस, मिटिङ छ भने स्कूलले एसयमयस मार्फत जानकारी गराउन सक्छन् । काठमाडौको बढदो ट्राफिक जामलाई मध्यनजर गरेर जिपियस ट्राकिङ सिस्टम समावेस गर्न सकिन्छ । यसले स्कूल बसको लोकेसन, स्पीड, इन्धन इत्यादिको जानकारी हामी एउटै सिस्टमबाट पाउँछौ । यो प्रणालीलाई हरेक स्कुलमा विकास गर्न सकियो भने त्यसले पूरै परिवारलाई नै सूचना प्रविधिमय बनाई दिन सक्छ ।

पूर्वाधार
स्मार्ट विद्यालय र डिजिटल शिक्षाका लागि कम्प्युटर, ल्यापटप, ट्याब्लेट प्रिन्टर, प्रोजेक्टर, डिजिटल बोर्ड, इन्टरनेट जस्ता पूर्वाधारको सहज पहुँच हुनुपर्छ । यसअन्तर्गत विद्यार्थीले पनि स्मार्ट ग्याजेटहरुबाटै पढ्ने अवसर पाउँछन् । अहिले मल्टिमिडियाको प्रयोग गरी शिक्षण र सिकाई प्रक्रियालाई सहजीकरण गर्ने काम विद्यालयले गर्न थालेका छन् । यस्ता पूर्वाधारको सहज पहुँचले मात्रै स्मार्ट विद्यालयको आधार तयार पादर्छ ।

डिजिटल कन्टेन्ट
पूर्वाधार भएर मात्रै विद्यालय स्मार्ट बन्दैन । पाठ्यक्रमको डिजिटाइजेशन गरी शिक्षक र विद्यार्थीले पढाउने र पढ्ने काममा लाभ लिनुपर्दछ । नेपालमा अहिले पाठ्यक्रम विकास केन्द्रले बनाएका पाठ्यक्रमअनूकुल र त्यसलाई थप सहयोग गर्ने गरी कन्टेन्ट (लर्निङ प्लाटफर्म) आइरहेका छन् ।

कम्प्लिट स्कुल इआरपी सिस्टम
कम्प्लिट स्कुल इआरपीले स्कुलका विभिन्न गतिविधिहरुलाई व्यवस्थापन गर्ने काम गर्दछ । यसले विद्यार्थीलाई भर्ना देखि शुल्क, परीक्षा, विद्यार्थी क्लास आदिको व्यवस्थापन गर्ने काम गर्दछ । स्कुल सञ्चालन गर्नका लागि र अटोमेसनमा जानका लागि यस्तो सफ्टवेयर अत्यावश्यक हुन्छ । जस्तै विद्यार्थीको एटेन्डेन्स, एसाइन्भेन्ट, स्कुलको एकाउन्ट म्यानेजमेन्ट, फि तिर्ने लगायतका काम सफ्टवेयरमै आधारित भइ गर्न सकिन्छ ।

हाइ स्पिड इन्टरनेट
इन्टरनेटबिना अब विद्यालय मात्रै होइन, केही पनि स्मार्ट बन्न सक्दैनन् । विद्यालयको नियमित कामकारबाही चलाउन देखि शिक्षण र सिकाइ प्रक्रियाका लागि उच्च गतिको इन्टरनेट आवश्यक हुन्छ । हरेक कक्षा कोठामा इन्टरनेटको सहज पहुँच पुर्याउन, विभिन्न सफ्टवेयर चलाउन गुणस्तरीय इन्टरनेट आवश्यक पर्छ । यसका लागि उच्च गतिको डेडिकेटेड इन्टरनेट सेवाको आवश्यकता पर्दछ ।

भेइकल ट्रयाकिङ सिस्टम
स्मार्ट स्कुलका लागि अर्को आधार हो, भेइकल ट्रयाकिङ सिस्टम । स्कुल बस तथा अन्य स्कुलसम्बन्धी गाडीहरुलाई व्यवस्थापन गर्ने काम यसले गर्दछ । यो सिस्टमबाट गाडी कहाँ छ, कति खेर आउँछ र जान्छ भन्ने लगायतको जानकारी दिन्छ । यस्तो सुविधाले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई लाभ पुर्याउँछ भने समयको बचत गराउँछ ।

एसएमएस इन्टिग्रेसन
स्कुलका गतिविधिबारे अभिभावक, शिक्षक र विद्यार्थीलाई एसएमएसले सूचना गर्न सकिन्छ । बल्क एसएमएस इन्टिग्रेसनको सहयोग लिई सानोदेखि ठूला सूचना एसएमएसबाटै प्रवाह गराउन सकिन्छ ।

अभिभावको कनेक्सन
स्मार्ट स्कुल बन्न अभिभावक पनि उत्तिकै भूमिका जरुरत छ । आफ्ना बच्चाहरुको गतिविधि, प्रगतिबारे थाहा पाउनु अभिभावकको दायित्व हो । यसका लागि प्रविधिको सहयोग लिन सकिन्छ । अहिलेका सफ्टवेयरहरुमा अभिभावकले पनि आफ्नो युजरनेम र पासवर्ड राखी बच्चाहरुको प्रगति हेर्न र थाहा पाउन सक्छन् । अभिभावकलाई शिक्षक र स्कुलसँग जोड्ने आधार नै अहिले प्रविधि भएको छ ।

वेबसाइट र मोबाइल एप
शिक्षण र सिकाइका लागि वेबसाइट र मोबाइल एप अनिवार्य बनिसकेका छन् । विद्यार्थी र शिक्षकका लागि डिजिटल कन्टेन्ट एक्सेस गर्न सजिलो हुने वेबसाइट र मोबाइल एप हुनुपर्छ । यसबाट जतिबेला जहाँबाट पनि पढ्न मिल्ने हुनुपर्छ । योबाहेक स्कुलको आफ्नै वेबसाइटबाट स्कुलका गतिविधिको नियमित जानकारी दिने, विभिन्न सूचनामूलक सामाग्री राख्ने आदि गर्न सकिन्छ ।

डिजिटल नोट
विद्यार्थीले डिजिटल मिडियमको प्रयोगबाट नोट लेख्न सक्छन् । ट्याब र डिजिटल पेनको मद्धत लिई गह्रुङ्गा टेक्स्ट बुक र कपी बोक्नुपर्ने झन्झट हुँदैन । उनीहरुले क्लाउडमै आफ्ना नोट र सामाग्री राख्न सक्छन् ।

विद्यार्थीको प्रोगेस ट्रयाकिङ
विद्यार्थीको अध्ययनमा कस्तो प्रगति भइरहेको छ भनेर थाहा पाउने तरिका हो यो । आफ्नो ज्ञानको स्तर र प्रगति कस्तो छ भनेर प्रविधिमार्फत नै छिटो एक्सेस गर्न मिल्ने तरिका हो यो । यसको प्रयोग नियमित रुपमा कक्षा कोठाामा समेत गर्न सकिन्छ ।