कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डमा अब एक जना महिला सदस्य अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डमा अब एक जना महिला सदस्य अनिवार्य

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा अब एक जना महिला अनिवार्य हुने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका  हुन् ।

दूरसञ्चार ऐनमा अब प्राधिकरणको बोर्डमा एकजना महिला सदस्य अनिवार्य हुने व्यवस्था गर्न लागेको उनले बताए । विद्यमान ऐनमा प्राधिकरणको बोर्डमा ५ जना सदस्य हुने भनिएको छ तर एक जना महिला अनिवार्य हुनुपर्छ भनेर व्यवस्था गरिएको छैन् ।

‘दूरसञ्चार ऐनमै तोकेर बोर्ड सदस्यमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न लागेको छौं,’ अध्यक्ष खनालले भने, ‘पहिलो पटक ऐनमा यो व्यवस्था गर्न जाँदैछौं । तपाईहरूमाझ यो कुरा शेयर गर्न पाउँदा खुसी पनि लागेको छ ।’