कीवर्डहरू -

डिजिटल डिभाइड कम गर्न दूरसञ्चार प्राधिकरणले डिभाइस वितरण गर्ने

डिजिटल डिभाइड कम गर्न दूरसञ्चार प्राधिकरणले डिभाइस वितरण गर्ने

डिजिटल डिभाइड कम गर्न नेपाल दूरसञ्चार प्राधिकरणले डिभाइस उपलब्ध गराउने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।

प्राधिकरणले विश्व बैंकको सहयोगमा डिभाइस उपलब्ध गराउन लागेको हो । डिजिटल ग्यापलाई कम गर्न विशेष व्यक्ति, वर्ग  र जेन्डरलाई लक्षित गरेर डिभाइस उपलब्ध गराउने अध्यक्ष खनालले बताए ।

विश्व बैंकसँग नेपाल सरकारले ऋण लिएको छ । उक्त ऋणबाट प्राधिकरणलाई ग्रान्ट उपलब्ध भएको छ । सो ग्रान्टबाट डिभाइस उपलब्ध गराउने प्राधिकरणले तयारी गरेको हो ।

डिजिटल ग्यापलाई पुरा गर्न ग्रामीण क्षेत्रहरूमा लक्षित गरेर डिभाइस उपलब्ध गराउने खनालले जानकारी दिए ।