कीवर्डहरू -

रेमिटलीबाट पठाएको पैसा अब सिधैं आइएमई पे वालेटमै पाउन सकिने

रेमिटलीबाट पठाएको पैसा अब सिधैं आइएमई पे वालेटमै पाउन सकिने

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको रेमिटेलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गरी पाउन सक्ने भएका छन् ।

यो सुविधाले ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम बिना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ विस्तार गरिएको हो ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।