कीवर्डहरू -

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने

ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने

४८+५एमपी डुअल रियर क्यामेरा सहितको ओपो एफ११ प्रो नवप्रबर्तनात्मक प्रविधि र उत्कृष्ट फिचर्सको सम्मिश्रण

काठमाडौं, नेपाल, ९ बैशाख, २०७६ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत्त समारोहको आयोजना गर्दै आपो एफ११ प्रो सार्वजनिक गरेको हो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । एफ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध गरिएको छ ।
मूल्य तथा उपलब्धता
एफ११ प्रोका लागि आयोजित बृहत्त सार्वजनिक समारोह मार्फत कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसनपनि सार्वजनिक गरेको छ । एफ११ प्रोको मूल्य रु. ४७,९९० र  एफ११ को रु ३७, ९९० निर्धारण गरिएको छ । समारोहमा दिइएको जानकारी अनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ । सार्वजनिक सबै फोनहरु अप्रिल २९देखि सर्वत्र बजारमा उपलब्ध हुने कार्यक्रम मार्फत जानकारी दिइएको छ ।

\"\"


सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर
विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो ।

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कम प्रकाश भएका स्थानमा तस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड
ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ११ र एफ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १÷२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् ।

दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

सार्वजनिकका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मोबाइल फोटोग्राफीमै क्रान्ति ल्याएको ब्राण्डका रुपमा ओपो एफ११ प्रोले अब आउने ब्रिलियण्ट पोट्र्रेट फोटोग्राफीको यूगमा अग्रणी भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । उत्कृष्ट ४८एमपी डुअल रियर क्यामेरा र स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिहरुको समायोजन मार्फत उपभोक्तालाई प्रकाशको अवस्थाको कुनै बन्देज विना सर्वोत्कृष्ट पोट्र्रेट उपलब्ध गराउनु र प्रयोग मैत्री अनुभव मार्फत तिनको मन जित्ने हाम्रो उद्देश्य हो । साथै, प्रयोगतकर्तालाई प्राकृतिक ग्राडियण्ट डिजाइन मार्फत उत्कृष्ट लुक्स तथा फिल सहितको फोन उपलब्ध गराउने प्रयास गरेका छौँ ।’

एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ , विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ ।

पानारोमिक स्क्रिन र सबलाइम प्राकृतिक सौन्दर्यका लागि प्राकृतिक ग्राडियण्ट डिजाइन

‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाःसम्भव तरल र सुब्यवस्थितयी डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ । फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागत मोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ ।

\"\"


ओपो एफ९ले भ्यिाएको ग्राडियण्ट ट्रेण्ड भन्दा अघि बढ्दै एफ११ सिरिजले नयाँ डिजाइनमा बृहत्त प्राकृतिक सुन्दरता र ग्राडियण्टको सुब्यवस्थित सुन्दरताको समायोजन प्रस्तुत गरेको छ । प्राकृतिक सिर्जनाको सौंदर्य अवधारणाबाट अभिप्रेरित  ओपोले प्रमाकृतिक प्रकाशबाट प्रेरणा लिँदै एफ११ प्रोमा रंगको बहावको छाप दिने प्रयास गरेको छ । कम्पनीले एफ११ प्रोलाई थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

ओपो एफ११ प्रोमा लोकप्रिय खेलहरुलाई सहज रुपमा सञ्चालन गर्न सकियोस् भन्ने सोचका साथ कलरओएस ६ उपलब्ध गरिएको छ । फोनमा बोर्डरलेस एस्थेटिक्सको अवलम्बन मार्फत स्मार्टफोनको डिजाइनलाई एक सुन्दर आयाम दिने प्रयास गरिएको छ । साथे, ओपो क्लाउड सुविधा मार्फत प्रयोगकर्ताले डाटा सञ्चयका लागि ५ जीबी सम्म फ्रि स्पेसपनि पाउँछन् ।

त्यसैगरी, ग्राडियण्ट कलर डिजाइन सहितको ओपो एफ११मा ६.५ ईञ्च पानोरामिक स्क्रिन, ४ जीबी ¥याम + १२८ जीबी रोम उपलब्ध गरिएको छ । एफ११ मा भोक फ्ल्यास चार्ज ३.०का साथमा ४८एमपी+५एमपी डुअल रियर क्यामेरा र १६एमपी फ्रण्ट क्यामेरा सुविधा छ । स्मार्टफोनमा ४०२०एमएएच ब्याट्रीका साथमा स्मार्टर र थप क्षमता सहितको कलर ओएस ६ पनि उपलब्ध गरिएको छ ।