कीवर्डहरू -

ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ ।

इन्स्योरेन्स्को प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रोत्साहन गर्नका लागि यो सुविधा ल्याएको ईसेवाले जनाएको छ ।

ईसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ ।