कीवर्डहरू -

अब इमेजको टेक्स्टलाई पनि गूगल ट्रान्सलेटर प्रयोग गरी अनुवाद गर्न सकिने

अब इमेजको टेक्स्टलाई पनि गूगल ट्रान्सलेटर प्रयोग गरी अनुवाद गर्न सकिने

गूगलको गूगल ट्रान्सलेटरमा अब वेबमा भएको इमेजबाट टेक्स्टलाई अनुवाद गर्न सकिने भएको छ । यसले गूगल लेन्समा प्रयोग गरिएको एआर ट्रान्सलेट टूलनै प्रयोग गरेर टेक्स्टलाई अनुवाद गर्नेछ ।

यसले गर्दा वास्तविक समयमै इमेजबाट केही टेक्सटलाई अनुवाद गर्न सकिन्छ । यो अप्सन तपाईले गूगल ट्रान्सलेटको वेबसाईटमा पाउन सक्नुहुन्छ, जहाँ माथिल्लो पटिको ट्याबमा इमेजको अप्सन रहेको छ । यसले वेबमा रहेको इमेजको टेक्स्टलाई अनुवाद गर्न सक्छ ।

अहिलेका लागि एपमा ११३ ओटा सोर्स भाषाहरु उपलब्ध रहेका छन् । इमेजको टेक्स्टलाई अनुवाद गरिएपछि टेक्सट कपि गर्ने, डाउनलोड गर्ने जस्ता अप्सन रहेको छ । यसले गर्दा अरु ठाउँमा पनि अनुवादित टेक्सट प्रयोग गर्न सकिन्छ ।