कीवर्डहरू -

दैनिक १० करोडले प्रयोग गर्न थाले बिङ

दैनिक १० करोडले प्रयोग गर्न थाले बिङ

माइक्रोसफ्टको वेब ब्राउजर बिङले दैनिक १०० मिलियन सक्रिय प्रयोगकर्ता पुर्याउन सफल भएको छ । माइक्रोसफ्टका अनुसार बिङ हालै दैनिक १०० मिलियन सक्रिय प्रयोगकर्ताको आँकडा पुर्याउन सफल भएको हो ।

च्याटबट सार्वजनिक भएको एक महिना बित्न नपाउँदै बिङको दैनिक १०० मिलियन सक्रिय प्रयोगकर्ता पुगेको छ । बिङको एक तिहाई दैनिक प्रयोगकर्ता नयाँ भएको समेत बताइएको छ । योसँगै माइक्रोसफ्टको इंगेजमेन्ट पनि बढेको छ ।

बिङ सार्वजनिक भएदेखि बिङसँग ४५ मिलियन च्याटहरु भईसकेको छन् । बिङको एआई च्याटबटले गर्दा सर्च इन्जिनको चर्चा पनि ६ गुणाले बढेको माइक्रोसफ्टको भनाइ रहेको छ ।