कीवर्डहरू -

ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर

ई–सेवाले ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे ई–सेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इ–सेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ई–सेवा चलाउन सिकाएबापत प्रतिग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इ–सेवा चलाउन सिकाउन सकिनेछ ।

ई–सेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए ।

ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।