कीवर्डहरू -

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

माइक्रोसफ्टले आगामी हप्ता एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको छ र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गर्ने भएको हो ।

यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्नेछ । यसबारेमा माइक्रोसफ्ट जर्मनीका प्रमुख प्रविधि अधिकारी एन्ड्रीयर ब्राउनले जानकारी दिएका हुन् ।

च्याटजीपीटी फोरले भिडियो, इमेज, साउण्ड, नम्बर जस्ता विभिन्न डेटाहरुलाई प्रोसेस गर्न सक्ने छ । यसबाटै फिल्मको स्क्रीप्ट लेख्न मिल्ने, एआईबाटै फिल्मका लागि कलाकार बनाउन मिल्ने र पोस्ट गर्न समेत सम्भव रहेको साइबरसुरक्षा विज्ञचार्ल्स एवुजी बताउँछन् ।

जीपीटी फोरमार्फत एक दिनमै सुरु देखि अन्तिमसम्म दुई सय पानाको किताबसमेत लेख्न सकिने उनको दावी छ ।

च्याटजीपीटी फोर मार्फत एआईले प्रयोगकर्ताको टेक्स्टलाई इमेज, म्युजिक वा भिडियोमा समेत अनुवाद गर्न सक्ने माइक्रोसफ्टले बताएको छ ।