कीवर्डहरू -

टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने

टाटा मोटर्सको एक्सचेञ्ज क्याम्प, पेट्रोल डिजेलबाट चल्ने गाडी विद्युतीयसँग साट्न मिल्ने

टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा द इलेक्ट्रिफाइङ एक्सचेञ्ज क्याम्प सुरू गरेको छ । २६ फागुनदेखि सुरु भएको यो क्याम्प २८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प सञ्चालन भइरहेको हो । एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपूर्जा पनि पाइने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको माग बढ्दो क्रममा रहेको र यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने कम्पनीले जानकारी दिएको छ ।