कीवर्डहरू -

महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने 

महिला लघुवित्तको किस्ता अब खल्तीबाट भुक्तानी गर्न सकिने 

डिजिटल वालेट खल्तीले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्यको गरेको छ । यसमार्फत ग्राहकहरूलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्ने छन् ।

आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेमा जोड दिएका छन् ।

यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी यो सुविधा उपलब्ध गराएको बताए ।

महिला लघुवित्तको किस्ता भुक्तानी खल्तीबाट कसरी तिर्ने ?

१) खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुहोस् ।
२) महिला  लघुवित्त छनौट गर्नुहोस् ।
३) आवश्यक विवरण भर्नुहोस् ।
४) ‘प्रोसिड टु पे’मा ट्याप गर्नुहोस् र भुक्तानी पूरा गर्नुहोस् ।