कीवर्डहरू -

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

अहिले हामी प्रविधिमा एकदमै निर्भर हुँदै गएका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।
मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी हुने गरेको छ  ।

योसँगै फोटो तथा भिडियो पठाउनका लागि पनि एप धेरै प्रयोग हुन थालेको छ । आज हामी फोटोलाई ह्वाट्सएप मार्फत ओर्जिनल क्वालिटीमा कसरी पठाउने भन्ने बारे जानकारी दिदैछौँ ।

यसकालागि सर्वप्रथम तपाइको एन्ड्रोइड फोनमा ह्वाट्सएपको पछिल्लो भर्सन हुनुपर्छ । अब ह्वाट्सएप खोलेर स्क्रीनको माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा क्लिक गर्नुपर्छ र त्यहाँ सेटिङ्ग अपसनमा क्लिक गर्नुपर्छ ।

अब स्टोरेज एण्ड डेटा भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । अब मिडिया अपलोड क्वालटिमिा गएर फोटो अपलोड क्वालिटीमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब यहाँबाट अटो, बेस्ट क्वालिटी वा डेटा सेभरबाट एउटा अप्सन छनोट गर्नुपर्ने हुन्छ । अब सेलेक्ट गरेपछि ओके अप्सन क्लिक गर्नुपर्छ र तपाईको मिडियालाई राम्रो क्वाललिटीमा पठाउन सकिन्छ ।