कीवर्डहरू -

मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता

मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याक अफरलाई आईएमई पेको निरन्तरता

आइएमई पेले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ ।

यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आम सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।
आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००),  एक हजार (रू. १, ०००)  गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच  (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%)  सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत  र दर्ता नभएको मोवाइल नम्बरमा  दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।