कीवर्डहरू -

अब भिडभाड ठाउँमा लाइन बस्नु नपर्ने

अब भिडभाड ठाउँमा लाइन बस्नु नपर्ने

काठमाडौं। साइबरनेटिक्सले मोबाइल क्यु म्यानेजमेन्ट सिस्टम निर्माण गरेको छ। क्यु म्यानेजमेन्ट सिस्टम प्रयोग गरेर नजिकको सेवा केन्द्रमा हुने गरेको ग्राहकको भिडभाड हेर्न र आफ्नो पालोका लागि टोकन पनि लिन सकिने छ।

साइबरनेटिक्सले निर्माण गरेको क्यु व्यवस्थापन प्रणाली बैंक, अस्पताल, टेलिकम सेवा प्रदायकलगायत सेवाग्राहीको भीडभाड हुने स्थानमा प्रयोग गर्न सकिने छ। जसको लागी मोबाइल एप इन्सटल गर्ने र इन्सटल गरेपछि सेवा लिन चाहेको सेवा केन्द्र एपमा देख्न सकिन्छ।

टोकन नम्बर लिएपछि यो एपले ग्राहकको पालो कुन समयमा पर्छ भन्ने देखाइरहन्छ र  समय समयमा रिफ्रेस भएर पनि नोटिफिकेसनमा आइरहन्छ। अहिले यो सेवा केहि बैंकले प्रयोग गरेरहेका छन र केहि प्रयोग गर्ने क्रममा छन।