कीवर्डहरू -

पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने

पाँच दिनसम्म चल्ने एपान सम्मेलनको औपचारिक उद्धाटन सञ्चारमन्त्री शर्माले गर्ने

पाँच दिनसम्म सञ्चालन हुने  एसिया प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं सम्मेलन मंगलबार दिउँसो १ बजे उद्घाटन हुने भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन  मंगलबार  फागुन ३० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने तय भएको हो ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेकाे सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका १७ देशका प्रतिनिधिहरु सहभागी हँदै छन् ।

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विभिन्न अनुसन्धान र सहकार्य गर्दै आएको एपान एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थहरुको सहकार्यमा स्थापित संस्था हो।

एपानले विगत २५ वर्षदेखि एसिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक संस्थाहरुको संयोजन तथा विभिन्न देशका वैज्ञानिक अनुसन्धान, नवप्रवर्द्धन र विभिन्न विश्वविद्यालयहरुसंगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन यस क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।

आगामी फाल्गुन २९ देखि चैत्र ०३ सम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने र सम्मेलन अवधिभर ५५ वटा भन्दाबढी सेसनहरु सन्चालन हुनेछन् ।