कीवर्डहरू -

वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित

वीरगंज उद्योग वाणिज्य संघद्वारा खल्ती सम्मानित

खल्तीले नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान प्राप्त गरेको छ । वीरगंज उद्योग वाणिज्य संघले खल्तीलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्य मार्फत योगदान पुर्याउने संस्था र व्यक्तिहरू सम्मानित भएका थिए ।

स्वदेशमै बसी केही गरौँ भन्ने अभिलाषा लिएको मोबाइल वालेट ‘खल्ती’को ६ वर्षको सफलतालाई सघंले सम्मान गरेको छ । खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गर्न कार्यक्रममा उपस्थित भएका थिए।

सम्मान ग्रहण गर्दै उनले आजको दिन यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी/एजेन्ट, नियामक, कर्मचारी र अन्य सरोकारवालाहरू प्रति धन्यवाद व्यक्त गरे ।

यस बारे खल्तीका सह- संस्थापक अमित अग्रवालले मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले अझ धेरै हौसला दिएको बताए ।