कीवर्डहरू -

च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने

च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने

माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको थियो र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गरेको हो ।

यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्छ । च्याटजीपीटी फोरले भिडियो, इमेज, साउण्ड, नम्बर जस्ता विभिन्न डेटाहरुलाई प्रोसेस गर्न सक्छ । यसबाटै फिल्मको स्क्रीप्ट लेख्न मिल्ने, एआईबाटै फिल्मका लागि कलाकार बनाउन मिल्ने र पोस्ट गर्न समेत सम्भव रहेको साइबरसुरक्षा विज्ञचार्ल्स एवुजी बताउँछन् ।

जीपीटी फोरमार्फत एक दिनमै सुरु देखि अन्तिमसम्म दुई सय पानाको किताबसमेत लेख्न सकिने कम्पनीको दावी छ । च्याटजीपीटी फोर मार्फत एआईले प्रयोगकर्ताको टेक्स्टलाई इमेज, म्युजिक वा भिडियोमा समेत अनुवाद गर्न सक्ने माइक्रोसफ्टले बताएको छ ।

यसले २५ हजार शब्दहरु प्रोसेस गर्न सक्छ जुनभनेको पहलिेको च्याटजीपीटीको तुलनामा ८ गुणा बढि हो । अहिलेका लागि यो च्याटजीपीटी सब्सक्राइबरका लागि मात्रै उपलब्ध रहेको छ जसका लागि मासिक २० डलर तिर्नुपर्ने हुन्छ । यसले माइक्रोसफ्टको बि∙लाई पहिले देखिनै पावर गरेको थियो ।