कीवर्डहरू -

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने 

अब अनलाइनबाटै बीमा अभिकर्ता व्यवस्थापन हुने 

नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाट बीमा अभिकर्ता व्यवस्थापन गर्न सुरू गरेको छ । बीमा ऐनमा भएको ‘एक बीमक एक बीमा’ अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले अनलाइन प्रणाली सुरू गरेको हो ।

आईतबार अनलाइन प्रणाली शुभारम्भ गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइनबाट बीमा अभिकर्ताको जानकारी हुने हुँदा अनुगमन गर्न सहज हुने बताए ।

प्राधिकरणले अनलाइन प्रणालीमार्फत ‘एक बीमक एक बीमा’ अभिकर्ताको व्यवस्थापनको कार्यसँगै विभिन्न अनलाइन भुक्तानी सेवा प्रदायकहरुबाट नबीकरण दस्तूर भुक्तानी गरी बीमा मध्यस्थकर्ता (बीमा अभिकर्ता र सर्भेयर) को इजाजतपत्र नवीकरणको व्यवस्थालाई निरन्तरता दिएको छ ।