कीवर्डहरू -

घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा 

घोडेजात्राको दिनमा पनि राहदानी विभागको सेवा 

राहदानी विभागले घोडेजात्रा दिन पनि सेवा दिने भएको छ । विभागले एक सूचना निकाल्दै चैत ७ गते मंगलबार घोडेजात्राको दिन सेवा दिने जानकारी दिएको हो ।

सरकारले घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ तर सेवाग्राहीको हितलाई ध्यानमा राख्दै राहदानी विभागले विदाको दिन पनि सेवा प्रदान गर्ने भएको हो ।

घोडेजात्राको दिन बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ ।