कीवर्डहरू -

अनलाइनबाटै सबै सरकारी सेवा सहज रूपमा उपलब्ध गराउन काम भइरहेको छः प्रधानमन्त्री

अनलाइनबाटै सबै सरकारी सेवा सहज रूपमा उपलब्ध गराउन काम भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनलाइनबाटै सबै सरकारी सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन काम भइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो भएका हुन् । ‘सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाट सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको ,’ प्रधानमन्त्रीले भने ।

त्यस्तै उनले हेलो सरकारलाई प्रभावकारी बनाइएको र यसलाई स्थानीय तहसम्म विस्तार गरिने जानकारी दिएका थिए ।

उनले एकीकृत वेबसाइट व्यवस्थापना प्रणाली विकास गरेको र अनलाइनमाध्यमबाट सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरूबीच अरतर–आबद्धता सुरु भएको जानकारी दिए ।