कीवर्डहरू -

एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट

एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरी विद्यार्थीले बनाए स्याटेलाईट

एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरेर कलेजका विद्यार्थीहरुले स्याटेलाइटको निर्माण गरेका छन् । कुनै पनि स्याटेलाईटलाई अर्बिटमा लैजान कम्तिमा पनि ५० मिलियन डलर लगानी गर्नुपर्ने हुन्छ ।

तर ब्राउन विश्वविद्यालयका अन्वेषक र विद्यार्थीहरुले मिलेर एए ब्याट्री र २० डलरको माइक्रोप्रोसेसर प्रयोग गरेरै स्याटेलाईट बनाउन सफल भएका छन् ।

गत वर्ष पनि विश्वविद्यालयले पाउरोटी जत्रै स्याटेलाईट तुलनात्मक रुपमा कम १० हजार डलरमै अन्तरिक्ष्ँमा पठाएका थिए । अहिले नयाँ स्याटेलाईटको नाम स्बुडिनिक रहेको छ ।

विद्यार्थीहरुले स्याटेलाईटमा थ्रिडी स्नेल पनि राखेका थिए, जुन ५२० किलोमिटर अर्बिटमा गएपछि देखिएको थियो । अहिले स्याटेलाईट ४७० किलोमिटरको उचाइमा रहेको छ ।