कीवर्डहरू -

म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो

म्युजिक लर्निङ्ग एप विकास गर्दै डुओलिङ्गो

नयाँ भाषा सिकाउने एप डुओलिङ्गोले म्युजिक लर्निङ्ग एप ल्याउने भएको छ । डुओलिङ्गोले हाल म्युजिक लर्निङ्ग एपको विकास गरिरहेको छ ।

डुओलिङ्गोको सानो टिमले अहिले म्युजिक अध्ययन गर्ने एपको काम गरिरहेको जनाइएको छ । एप निर्माणका क्रममा एक विज्ञापन निकालेकाले यसको विकास हुन लागेको थाहा भएको हो ।

पाठ्यक्रम विकासकर्ताका लागि डुओलिङ्गोले विज्ञापन निकालेको थियो । डुओलिङ्गोले प्रमुख नारानै लर्निङ्ग बाइ डुइंग रहेको छ र यही नारालाई एपले यस पटक पनि पछ्याएको हो ।

डुओलिङ्गोले यस्तो पठनपाठनको विभिन्न एपहरु सार्वनिक गरेको छ जस्तै कम्पनीको एबिसी एपले बालबालिकालाई पढ्नलेख्न सिकाउने गर्दछ र म्याथ एपले गणितमा राम्रो बनाउने गर्दछ ।