कीवर्डहरू -

गूगल म्यापको हिस्ट्री यसरी गर्नुहोस् डिलिट

गूगल म्यापको हिस्ट्री यसरी गर्नुहोस् डिलिट

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न सुरूमा खोल्ने भनेको गूगल म्याप हो । आफुले थाहा नपाएको लोकेसन थाहा पाउन होस् वा अन्य कामका लागि गूगल म्यापको प्रयोग धेरै हुने गरेको छ ।

गूगल म्यापले गर्दा धेरै काम सहज पनि भएको छ । के तपाईलाई थाहा छ गूगल म्यापमा तपाई कता कता जानुभयो भनेर थाहा पाउन सकिन्छ । तर कुनै बेला तपाईले आफू गएको स्थानहरूको हिस्ट्री डिलिट गर्नुपर्न सक्छ । डिलिट गर्नुपर्ने कारण अनेक हुन सक्छन् ।

गूगल म्यापको हिस्ट्री डिलिट गर्न सुरूमा आफ्नो स्मार्टफोनमा गूगल म्याप खोल्नुपर्ने हुन्छ । त्यसपछि माथिल्लो बायाँ भागमा रहेको प्रोफाइल पिक्चरमा क्लिक गर्नुपर्ने हुन्छ । अब योर टाइमलाइन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि तीन ओटा थोप्लामा क्लिक गरेर सेटिङ्ग एण्ड प्राइभेसी अप्सनमा सेलेक्ट गरी डिलिट अल लोकेसन हिस्ट्री भन्ने अप्सन छनोट गर्नुपर्ने हुन्छ । यसरी गूगल म्यापको हिस्ट्री डिलिट गर्न सकिन्छ ।