कीवर्डहरू -

दराजको सेलर समिट सम्पन्न, उत्कृष्ट विक्रेतालाई सम्मान

दराजको सेलर समिट सम्पन्न, उत्कृष्ट विक्रेतालाई सम्मान

नेपालको अग्रणी अनलाइन ई-कमर्स प्लेटफर्म दराज नेपालले आयोजना गरेको यसवर्षको दराज सेलर समिट सम्पन्न भएको छ ।

दराजको सबै विक्रेताहरूलाई सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्न उक्त समिट आयोजना गरिएको थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थित थियो ।

कार्यक्रममा गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई बिशेष ट्रफी तथा १० हजार रूपैयाँ बराबरको दराज भौचर प्रदान गरिएको थियो ।

दराज नेपालले विगत पाँच वर्षदेखि आफ्नो सेवा दिदै गर्दै आएको छ । दराजमा १८ हजार भन्दा बढी बिक्रेताहरू, मासिक १५ लाख सक्रिय एप प्रयोगकर्ता र  देशका १०१ शहरहरूमा डेलिभरीको सविधा उपलब्ध गराएको छ ।