कीवर्डहरू -

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ । रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्ने छन्।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो ।

थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भइरहेको बेला प्रयोगकर्ताहरूलाई सुविधाजनक भुक्तानी सुविधा प्रदान गरिरहेको बताए ।

तल दिएको तरिका अनुसार खल्ती प्रयोगकर्ताहरूले शुल्क भुक्तानी गर्न सक्नेछन्

१. खल्तीको होमपेजमा जानुहोस्
२. 'पपुलर गभर्मेन्ट सर्भिसेस' मा ट्याप गर्नुहोस्
३. "EPS कोरिया व्यवस्थापन शुल्क" छनौट गर्नुहोस्
४. आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भर्नुहोस्
५. भुक्तानी प्रकृया छनौट गरि भुक्तानी गर्नुहोस्

वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन्, जस अन्तर्गत रु ३ लाखसम्मको इन्स्योरेन्सको लाभ प्राप्त गर्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरूले खल्तीबाट DOFE बीमा र DOFE वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्छन् ।