कीवर्डहरू -

अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने 

अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने 

अट्याक अन टाइटनका प्रकाशकले आफ्नै माङ्गा एप सार्वजनिक गर्ने भएका छन् । अट्याक अन टाइटन र घोस्ट इन द शेलका प्रकाशक कोडान्शाले नयाँ डिजिटल पठन प्लेटफर्म मेमा सार्वजनिक गर्ने भएका हुन् ।

के माङ्गा नाम रहेको सो एपले ४०० टाइटलको ब्याकलगसहित सार्वजनिक हुने जनाइएको छ । यससँगै यस एपका पाठकले कोडान्शाको चर्चित सिरिजहरुको नयाँ च्याप्टरलाई अरुले भन्दा चाँडो पहुँच पाउन सक्नेछन् ।

यस एपमा रहेको अनुवादहरूले पनि एपले आधिकारिक रुपमा गर्ने बताएको छ, जसले गर्दा माङ्गाको पाठकहरुले फ्यानहरुले अनुवाद गरेको भर्सन पढ्नुपर्दैन् र कुनै पाइरेटेड वेबसाईटमा समेत जानुपदैन् ।

यस एपमा द सेभेन डेडली सिन्स : फोर नाइट्स अफ द एपोक्यालिप्स, डोन्ट टोइ विथ मी र मिस नागाटारो जस्ता सिरिजहरु पढ्न पाइने कोडान्शाले बताएका छन् ।

कोडान्शाले सेलर मुन, अकिरा र ब्याटल एन्जेल अकिराजस्ता माङ्गाहरु पनि लेखेका छन् । के माङ्गा एप मे १० मा सार्वजनिक हुनेछ ।