कीवर्डहरू -

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला

व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैनः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य नभएको बताएका छन् ।

सरकारले दूरसञ्चार सम्बन्धि कानूनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकको मस्यौदामा नेपाल सरकारको अधिकारप्राप्त अनुसन्धान गर्ने निकायले जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्न सकिने व्यवस्था राखिएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको डा. कोइरालाको भनाइ छ ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन् । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रीय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,मानवअधिकारकर्मी,नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस ।’