कीवर्डहरू -

सोनीको नयाँ स्मार्टफोन एक्सपेरिया एक्स २ र एक्सपेरिया एक्स २ अल्ट्रा सार्बजनिक

सोनीको  नयाँ स्मार्टफोन  एक्सपेरिया एक्स २ र एक्सपेरिया एक्स २ अल्ट्रा सार्बजनिक

सोनीले सीईएस २०१८ मा आफ्नो नयाँ स्मार्टफोन एक्सपेरिया एक्स २ र एक्सपेरिया एक्स २ अल्ट्रा सार्बजनिक गरेको छ । यी दुवै ह्यान्डसेटहरु अघिल्लो बर्ष लन्च भएको एक्सपेरिया एक्स १ र एक्सपेरिया एक्स १ अल्ट्राको अपग्रेड भेरिएन्ट हो । दुवै स्मार्ट फोनहरूको मूल्यको बारेमा कम्पनिले कुनै जानकारी दिएको छैन् । तर यि फोनहरु भने फेब्रुअरीबाट बिक्रिमा आउने छन् ।

सोनीका यी दुई ह्यान्डसेटहरू एन्ड्रोइड ८.० ओरियोमा चल्छन् । दुवै फोनमा २.२ गिगाहर्ज क्वालकम स्न्यापड्रागण ६३० प्रोसेसर दिईएको छ । फोनमा डिस्प्लेको कुरा गर्दा एक्स्पेरिया एक्स २ मा ५.२ इन्च डिस्प्ले रहेको छ भने एक्स २ अल्ट्रामा भने ६ इन्चको फुलएचडी डिस्प्ले रहेको छ साथै कोर्निंग गोरिल्ला ग्लासको सुरक्षा प्रदान गरिएको छ ।

एक्स २ मा ३ जीवि र्याम र ३२ रोम तथा एक्स २ अल्ट्रामा भने ४ जीबी र्याम र ३२/६४ जीवि रोमको विकल्प रहेको छ  । दुवै फोनको स्टोरेज एसडीकार्डको सहयोगमा २५६ जीबी सम्म बढाउन सकिन्छ । एक्स्पेरिया एक्स २ मा ३००० एमएएचको ब्याट्री दिईएको छ भने एक्स २ अल्ट्रामा अलि बढी ३५८० एमएएचको पावरफुल ब्याट्री दिईएको छ ।

एक्सपेरिया एक्स २ मा २३ मेगापिक्सेलको रियर क्यामेरा राखिएको छ,जसमा एक्समर आर मोबाइल इमेज सेन्सर रहेको छ । त्यसकारण कम प्रकाशमा पनि उच्च क्वालिटीको तस्बिर खिच्न सकिने कम्पनिले दावी गरेको छ । फोनबाट स्लोमोसन भिडियो पनि रेकर्डीङ गर्न सकिन्छ । सेल्फी र भिडियो च्याटको लागि भने १२० डिग्री वाइड एंगल लेन्सको साथमा ८ एमपी को फ्रन्ट क्यामेरा दिईएको छ ।

एक्स्पेरिया एक्स २ अल्ट्राको क्यामेरामा एक्स २ मा भन्दा धेरै अन्तर रहेको छ,किनकि एक्स २  अल्ट्रामा डुअल सेल्फी क्यामेरा राखिएको छ । एक्समार आर इमेज सेन्सर,हाइब्रिड अटो फोकस,८४ डिग्री वाइड एंगल तथा एफ/२.० एपर्चर लेन्स भएको २३ एमपीको रियर क्यामेरा यसमा छ । साथै सेल्फी र भिडियो च्याटको लागि भने दुइवटा फ्रन्ट क्यामेरा रहेका छन् । ८८ डिग्री वाइड एंगल लेन्स सहित १६ मेगापिक्सेलको र १२० डिग्री सुपर वाइड एंगल लेन्स भएको ८ एमपीको फ्रन्ट फेसिंग सेन्सर राखिएको छ ।

कनेक्टिभिटीको लागि दुवै फोनमा ४ जी ओएलटिई,वाइफाई,ब्लुटुथ ५,जीपीएस,एनएफसी तथा टाइप-सी जस्ता फिचरहरु राखिएको छ । फेव्रुवरीबाट बिक्रि शुरु गरिने भनिएका यी ह्यान्डसेटहरु सिल्भर,ब्ल्याक,ब्लु तथा पंक कलर अप्सनमा उपलब्ध हुनेछन् ।