कीवर्डहरू -

 राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना

 राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनकाे आयोजना

काठमाडौँ । राजधानीको खुमलटारस्थित राष्ट्रिय प्रकृती संरक्षण कोषमा ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ गरिएकाे छ । वैशाख १० र ११ गरी २ दिन सम्म चलेकाे कार्यक्रममा मुलुकका विभिन्न जिल्लाका युवा वैज्ञानिकहरुको सहभागिता रहेकाे थियाे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नम्बर ३ को आयोजनामा तथा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र(रिकास्ट) र त्रिभुवन विश्वविद्यालय काठमाडौँको समन्वयमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देशभरबाट छानिएका विज्ञान तथा प्रविधिकोे क्षेत्रमा अनुसन्धानरत ४० वर्ष सम्मका युवा वैज्ञानिक तथा सिर्जनशील युवाहरुलाई निबन्ध लेखन, कलाकारिता तथा पोष्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतिकरणको समेत प्रतियोगिता भएकाे थियाे ।