कीवर्डहरू -

आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै

आज \'इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे\' मनाइदै

काठमाडौं । आज अप्रिल २५ तारिख बिहिबार विश्वभर इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे मनाइदै छ । हरेक अप्रिल महिनाको अन्तिम बिहिबारका दिन मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

देशका विभिन्न ठाउँमा सूचना प्रविधिमा किशोरी एवं युवा महिलालाई सशक्तिकरण गर्ने योजनाअनूरुप कार्यक्रमको तयारी भएको नेपाल दूरसञ्चार प्राधिकरले जानकारी दियो ।

काठमाडौंमा बिहान ७ बजेदेखि कमलादी-घण्टाघर-प्रदर्शनीमार्ग-पुतलीसडक-कमलादी सम्म प्रभातफेरी गरिदै छ । 

यसैगरी बिहान ११ बजेदेखि कमलादीस्थित रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरमा औपचारिक कार्यक्रम हुने भएको छ ।

सोअवसरमा सम्बन्धित सरोकारवालाको सहभागिता हुने छ भने सम्मानको पनि कार्यक्रम रहेको छ ।