कीवर्डहरू -

गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा

गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा

गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा परेका छन् । गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयरमा बग आएपछि विश्वव्यापी रुपमा धेरै व्यवसायहरु र्यान्समवेयर आक्रमणले प्रभावित भएका छन् ।

यो आक्रमण रुससँग सम्बन्धित क्लप ग्यांगले सञ्चालन गरेको बताइएको छ भने आक्रमण ग्रसित संस्थाहरुको जानकारी डार्क वेबमा लिक गरिरहेको पाइएको छ ।

अझै पनि मागिएको रकम भुक्तानी नगरेमा चोरिएको फाइलहरु प्रकाशित गरिदिने ह्याकरहरुले धम्की दिईरहेका छन् । यी फाइलमा कर्मचारी तथा प्रयोगकर्ताहरुको निजी फाइल पनि रहेका छन् ।

यो आक्रमण जनवरी वा फेब्रुअरी तिर भएको थियो र ह्याकर समूहले १३० ओटा कम्पनी माथि र्यान्समवेयर आक्रमण गरेको खुलाएको छ ।

सेक्युरिटी रिपोटर ब्रायन क्रेब्सले यसबारेमा रिपोर्टिङ गरेपश्चात मात्रै यस घटनाबारे थाहा भएको हो । आक्रमणमा परेका धेरै संस्थाहरुले आफ्नो डेटा चोरी नभएको दावी गरिरहेका छन् ।