कीवर्डहरू -

२ करोड भन्दा बढिले प्रयोग गर्छन सजिलो पासवर्ड

२ करोड भन्दा बढिले प्रयोग गर्छन सजिलो पासवर्ड

काठमाडौं। २ करोड भन्दा बढि मानिसले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका छन। बेलायती साइबर सुरक्षा संस्था एनसीएससीले गरेको अनुसन्धानका अनुसार विश्वमा १२३४५६ एउटै पासवर्ड २ करोड ३० लाख मानिसले प्रयोग गर्ने गरेका छन।

मानिसहरुले १२३४५६ पछि सबैभन्दा धेरै १२३४५६७८९ पासवर्डको प्रयोग गर्ने गरेको र १११११११ पासवर्ड पनि धेरै हुने गरेको छ। यस किसिमको पासवर्ड  प्रयोग गर्दा साइबर आक्रमणको शिकार हुने सम्भावना बढी हुन्छ।

मानिसहरुले पासवर्ड राख्ने क्रममा फुटबल क्लबको नामबाट पनि धेरै राख्ने गरेका छन। जसमा लिभरपुल पहिलो र चेल्सी दोस्रो नम्बरमा छन।

साइबर सतर्कताको विषयमा गरिएको अध्ययनमा ४२ प्रतिशत मानिसलाई आफ्नो पैसा चोरी हुने डर थियो भने १५ प्रतिशत मानिसलाई आफ्नो सुरक्षाको अवस्था सही छ भन्ने लागेको पाइएको थियो।

यसरी सजिलो पासवर्ड राख्दा तपाईको सम्पुर्ण जानकारी अरुले थाहा पाउन सक्छ वा अरुले थाहा पाएर यसको गलत प्रयोग गर्न सक्छ। त्यसैले तपाईले पासवर्ड सधै ग्राहो राख्नुहोस।

यदि तपाईलाई पासवर्ड याद गर्न ग्राहो हुन्छ भने लेखेर राख्नुस वा पासवर्ड सेभ गर्ने एप प्रयोग गर्नुहोस। गुगलमा पनि तपाईले पासवर्ड राख्न सक्नुहुनेछ। अन्य धेरै एपमा तपाईले आफ्नो पासवर्ड सेभ गरेर राख्न सक्नुहुनेछ।