कीवर्डहरू -

च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक 

च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक 

च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटालाई सार्वजनिक भएको छ । ओपनएआइका अनुसार एउटा बगका कारण उक्त डेटा सार्वजनिक भएको हो ।

त्यसपछि गत हप्ता ओपनएआइले केही समय च्याटजीपीटीलाई अफलाइन समेत बनाएको थियो । एक जना प्रयोगकर्तालाई कोही अरु प्रयोगकर्ताको पुरानो च्याट हिस्ट्री देखाएको कुरा रेडइटमा पोस्ट भएपछि यस बगको बारेमा पत्ता लागेको हो ।

यस बगले च्याटजीपीटी फोरको १.२ प्रतिशत सब्सक्राइबरको निजी डेटा सार्वजनिक गरिदिएको थियो । यो समस्यालाई ओपनएआईले प्याच गरिसकेको पनि बताएको छ । कम्पनीले यस्तो समस्या फोरि दोहोरिन नदिन विभिन्न सुरक्षा उपायहरु अपनाएको छ ।

बगका कारण प्रयोगकर्ताहरुको नाम तथा थर, इमेल एड्रेस, पेमेन्ट  एड्रेस, क्रेडिट कार्डको अन्तिमको चार ओटा अंक र क्रेडिट कार्ड एक्सपाइरेसन डेट जस्ता जानकारी रहेका थिए ।