कीवर्डहरू -

प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक : मन्त्री बास्कोटा

प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक : मन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिमा महिलाको पहुँच पुर्याउन आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल दूरसञ्चार प्राधिकरणद्धारा आयोजित इन्टरन्याश्नल गर्ल्स इन आइसिटी डे को अवसरमा बोल्दै उनले डिजिटल प्रविधिको प्रयोगबाट महिलालाई सक्षम बनाउनका लागि सबैभन्दा पहिले सर्वसुलभ रुपमा प्रविधिको पहुँच महिलाहरुमा पुर्याउन आवश्यक रहेको उनले बताए ।

उनले कानूनी हिसाबले महिला र पुरुष बराबरी भए पनि व्यवहारिक रुपमा अझै अन्तर रहेको भनाइ राखे । महिला डिजिटल प्रविधिमा अगाडि आउन सके डिजिटल अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उनले राखे । साथै ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रम हुनुपर्नेमा उनले जाेड दिए ।

उनले यस्तो कार्यक्रम अझै भव्य रुपमा गराउन सकिनेतर्फ संकेत गर्दै नेश्नल आइसिटी डेको अवसरमै यो कार्यक्रम समावेश गराउन सके गर्ल्स इन आइसिटी डे खल्लो नहुने भनाइ राखे ।

तर, गर्ल्स इन आइसिटी डे हरेक अप्रिल महिनाको अन्तिम बिहिबार अन्तराष्ट्रिय दूरसञ्चार युनियनका सदस्य राष्ट्रहरुले मनाउँदै आएका छन् । नेश्नल आइसिटी डे भने मे २ का दिन नेपालमा मनाइन्छ ।

\"Image

कार्यक्रममा सूचना प्रविधि र महिलासम्बन्धी सबैभन्दा धेरै कार्यक्रम गर्ने वुमन लिडर्स टेक्नोलोजी, कार्यक्रमहरुमा सबैभन्दा बढी महिला सहभागी गराउने एसआइसिटी नेपाल, लामो समयदेखि यससम्बन्धी कार्यक्रम गर्दै आएको क्यान महासंघ, धेरै जिल्लामा कार्यक्रम गर्ने रोबोटिक्स एशोसिएसन अफ नेपाललगायतलाई कदरपत्रले सम्मान गरियो ।

साथै सिएसआइटी एशोसिएसन अफ नेपालले पोखरामा आयोजना गरेको ह्याकथन प्रतिस्पर्धाका विजयीलाई पनि सम्मान गरियो । कार्यक्रमको पूर्वाद्र्धमा विहान प्रभातफेरि आयोजना गरिएको थियो ।

\"Image