कीवर्डहरू -

नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त

नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचालक समितिमा महेश शर्मा ढकाल र जगदिश दाहाल नियुक्त भएका छन् । एनसीएचएलको २०६ औं संचालक समितिको बैंठकले ढकाल र दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकबाट नेपाल मेगा इन्भेष्टमेन्ट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालको रूपमा जगदिश दाहाल नियुक्त भएका हुन् ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।