एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल पेबाट ५० देखि १ हजार डलरसम्म ऋण लिन सकिने छ ।
उक्त ऋण एप्पल पेबाट भुक्तानी गर्दा प्रयोग गर्न सकिन्छ । मंगलबार अमेरिकामा सार्वजनिक भएको एप्पले पे लेटर सुविधा अन्य देशमा पनि विस्तार हुने बताइएको छ ।
लिइएको ऋण प्रयोगकर्ताले ६ हप्तामा ४ पटक गरी तिर्न सक्ने छन् । ऋण लिँदा कुनै पनि ब्याज र छुट्टै शुल्क तिर्नु पर्ने छैन् ।
अहिलेलाई यो सुविधा निश्चित प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । आईओएस १६.४ र आईप्याड ओएस १६.४ मा यो सुविधा उपलब्छ छ । वालेट प्रयोगकर्ताले एकैठाउँबाट ऋण हेर्न, ट्रयाक गर्न र व्यवस्थापन गर्न सक्नेछन् ।
एप्पल पे लेटरबाट वालेट प्रयोगकर्ताले ऋणमा बाँकी रहेको रकम र ३० दिनमा भर्नुपर्ने रकम सबैको रेकर्ड सजिलै सँग हेर्न सक्ने छन् ।
प्रयोगकर्ताले वालेटको क्यालेन्डरबाट बाँकी रकम ट्रयाक र भुक्तानी गर्न मिल्ने जनाइएको छ । भुक्तानी गर्ने मिति नजिक आउँदा सो व्यक्तिले वालेट र ईमेलमा सूचना समेत प्राप्त गर्नेछन् ।
ऋणको जीम्मेवारी एप्पल फाइनान्सिङ एलएलसीले लिएको छ, जुन एप्पलको सहायक कम्पनी हो । वालेटबाट लिएको ऋण कम्पनीले अमेरिकाको क्रेडिट ब्यूरोलाई रिपोर्ट गर्नेछ ।