कीवर्डहरू -

मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ

मोबाइलका सिम अनधिकृत बेच्ने २ जना पक्राउ

काठमाडौं। महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल छन् ।

उनीहरूलाई महाशाखाबाट खटिएको टोलीले गंगबु बसपार्कबाट बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

खत्री र दाहालले संयुक्त रुपमा सञ्चालन गरेको इलेक्ट्रोनिक्स पसलमा खानतलासी लिने क्रममा नेपाल टेलिकमका १० थान, एनसेलको २६ थान सिमकार्ड फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहलेले जनाकारी दिए ।

खत्री र दाहालले ग्राहकहरूको पहिचान खुल्ने कुनै पनि कागजात तथा रेकर्ड नराखी सिमकार्ड बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पसलमा छापामारेको थियो ।

अनधिकृत रुपमा बिक्री वितरण गरिएका सिमकार्डहरू आपराधिक गतिविधिमा प्रयोग भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका खत्री र दाहाललाई दुरसञ्चार ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट बिहीबार सात दिनको म्याद थप गरिएको छ ।