कीवर्डहरू -

दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै

नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ ।  कन्फेरेन्स आगामी मे ११ देखि १२ सम्म काठमाडौं विश्वविद्यालय सञ्चालन हुनेछ ।

सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गर्दैछ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिनेछ ।

कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना हुनेछ । मे ९ र १० मा हुने ट्रेनिङ सेसनमा सहभागी हुन शुल्क तिर्नुपर्नेछ । कन्फेरेन्समा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित हुनेछ ।

यस कार्यक्रममा शिक्षा, उद्योग, सरकारी र गैर–सरकारी क्षेत्रहरूको व्यक्तित्वहरुले सहभागिता जनाउन सक्नेछन् ।