कीवर्डहरू -

बेकोको नयाँ वर्ष योजना, सामान खरिदमा उपहार पाइने

बेकोको नयाँ वर्ष योजना, सामान खरिदमा उपहार पाइने

इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै 'नयाँ वर्षको उमंग, मनाऔँ बेको सँग' नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइने छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।

यस्तै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार रहेका छन् भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइने जनाइएको छ ।

यो योजना यही चैत्र १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले आफ्नो  ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।